व्यापार

होण्डाले ल्यायाे ५० वर्ष पार गरेकाे अवसरमा ‘५० दिनमा ५० तोला सुन’ बम्पर योजना

होण्डाले ल्यायाे ५० वर्ष पार गरेकाे अवसरमा ‘५० दिनमा ५० तोला सुन’ बम्पर योजना

काठमाडौं । नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कूटरको आधिकारीक बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रा.लि.ले आफ्नो ५० वर्ष पूरा गरेको छ । 

 

५० वर्ष पूरा गरेको अवसरमा कम्पनीले राजधानीको होटल याक एण्ड यतिमा एक कार्यक्रम आयोजना गरी ५० वर्षको अवसर पारेर सारा नेपालीहरुमाझ खुसी छर्नको निमित्त होण्डाले ‘५० दिनमा ५० तोला सुन’ नामक बम्पर योजना ल्याएको छ । 

 

त्यस्तै यस योजना अन्तर्गत उपभोक्ताहरुले होण्डाको कुनै पनि मोटरसाइकल वा स्कुटर खरिद गरी ५० दिनमा ५० तोला सुन जित्ने अवसर प्राप्त गर्नेछन् । 

 

सुरुवातका दिनमा ११ वटा मोटरसाइकल आयात गरेको स्याकार ट्रडिङ कम्पनीले आजको दिनमा हरेक वर्ष ६० हजार भन्दा बढी मोटरसाइकल तथा स्कुटरहरु आयात गर्ने गरेको छ । 

 

यसका साथै ग्राहकहरुले स्क्र्याच कुपनमार्फत ४ हजारदेखि १ लाखसम्मको छुट प्राप्त गर्न सक्नेछन् । 

होण्डा मोटरसाइकल स्याकार ट्रेडिङ कम्पनी प्रा.लि.

विशेष