विदेश

उनसँगको वार्ता परिणाममुखी नभए बैठकबाट बाहिरिन्छुः ट्रम्प

उनसँगको वार्ता परिणाममुखी नभए बैठकबाट बाहिरिन्छुः ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँग गर्ने भनेको शिखर बैठक सफल नभए आफू सम्मानजनक तरिकाले बैठकबाट बाहिरिने बताएका छन् ।

 

यद्यपी, उक्त बैठक सफल हुने अपेक्षा पनि उनले गरेका छन् । राष्ट्रपति ट्रम्पले फ्लोरिडास्थित मार आ लागो रिसोर्टमा यस्तो बताएका हुन् । उक्त रिसोर्टमा जापानी प्रधानमन्त्री शिन्जो आबेको पनि उपस्थिती थियो ।

 

ट्रम्प र आबेले उत्तर कोरिया पूर्ण रुपमा परमाणविक निश्सस्त्रीकरणका लागि सहमत नभएसम्म दबाद दिइरहनुपर्ने धारणा राखे । यस्तै, ट्रम्पले उत्तर कोरियामा बन्दी बनाइएका तीन अमेरिकी नागरिकको रिहाइका लागि पनि वार्ता भइरहेको बताएका छन् ।

 

यसअघि उनले अमेरिकी गुप्तचर निकाय सिआइएका निर्देशक माइक पोम्पेओले गोप्य रुपमा उत्तर कोरिया पुगे किमलाई भेटेको पुष्टि गरेका छन् । पोम्पेओले किमसँग राम्रो सम्बन्ध कायम राखेको र सबै कुरा सहज ढङ्गले अघि बढिरहेको उनले बताएका थिए ।

डोनल्ड ट्रम्प किम जोङ उन बैठक

विशेष