News देश

विनाशकारी भूकम्पको तीन वर्षमा दुई लाख ३७ हजार गुनासा

विनाशकारी भूकम्पको तीन वर्षमा दुई लाख ३७ हजार गुनासा

काठमाडौं । भूकम्पप्रभावित बस्ती अवलोकन गर्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी निर्देशक युवराज भुसाल नयाँ वर्षको छेकोमा काभ्रे–बल्थली पुगे । घरको भग्नावशेषअघि उभिएर स्थानीय रीता हुमागाईं भन्दै थिइन्, ‘मेरो घर भत्किएको छ ।

 

 तर, म किन छुटेँ? ’ निर्देशक भुसालले उनको फोटो खिच्दै अनुदान रकम पाउने आश्वासन दिए। भूकम्प गएको तीन वर्ष बित्नै लाग्दा पनि पीडित र प्रभावितबाट यस्ता गुसाना आउने क्रम रोकिएको छैन। 

 

प्राधिकरणले अहिलेसम्म २ लाख ३७ हजार गुनासा दर्ता नै गरेको छ। सरकारले अहिलेसम्म ८७ हजार घरपरिवारलाई तेस्रो किस्ता राहत रकम वितरण गरेको बताएको छ । भूकम्पबाट ६ लाख घर पूर्णरूपमा क्षति भएकामा हालसम्म चार लाख १३ हजार एक सय ३५ घर निर्माणाधीन रहेको प्राधिकरणले जनाएको छ ।

 

त्यस्तै, एक लाख १६ हजार पाँच सय १७ घर बनिसकेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ। प्राधिकरणका अनुसार लाभग्राहीको संख्या दोलखामा मात्रै ६२ हजार छ सय रहेकामा १९ हजार घर बने। ८३ हजार सात सय लाभग्राही रहेको सिन्धुपाल्चोकमा ११ हजार ६३ मात्रै घर बने । 

 

७२ हजार लाभग्राही रहेको काभ्रेपलाञ्चोकमा पनि अाठ हजार मात्रै घर बनेका छन् । भवितव्यको तीन वर्ष बित्नै लाग्दा निजी घरको निर्माण सुस्त देखिन्छ । निर्माणाधीन घरको संख्या भने धेरै छ तर, बनिसकेका घरको प्रकृति हेर्दा र भूकम्पपीडितको भनाइ सुन्दा अवस्था सन्तोषजनक छैन। 

 

कति घर बने भन्ने तथ्यांकसँगै कस्ता घर बने र बन्दै छन् भन्नेबारे लेखाजोखा आवश्यक रहेको आवाज सुनिन थालेको छ । याे खबर अाजकाे अन्नपूर्ण पोस्टममा छ ।
 

भूकम्प पुनर्निर्माण

विशेष