‘सेलिब्रेटी’ अभिभावक प्रधानमन्त्रीदेखि वडाध्यक्षसम्म
काठमाडौं । नेताको अनुहारसम्म नदेखेका कल्याणपुर नगरपालिका–११ सिराहाका रूपाकुमारी मण्डल र पवन डोमले विद्यालय पुगेकै दिन प्रधानमन्त्रीलाई अभिभावकका रूपमा पाए ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई अभिभावकका रूपमा पाएका दुई बालबालिका जस्तै पूर्वप्रधानमन्त्रीलाई अभिभावकका रूपमा पाउने दुई भाग्यमानी हुन्, चितवन मेघौलीका अरुण मुसहर र पत्रुस माझी ।
मेघौली पुगेर पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले उनीहरूको अभिभावकत्व ग्रहण गर्दै विद्यालय भर्ना गराए । ‘हामी सबैको इच्छा : अनिवार्य निःशुल्क आधारभूत शिक्षा’ नाराका साथ बुधबारबाट सुरु भएको साताव्यापी भर्ना अभियानको पहिलो दिन प्रधानमन्त्रीदेखि वडाध्यक्षसम्मले अभिभावक बन्ने मौका पाएका छन् ।
सिराहाको लहानमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले स्थानीय कल्याणपुर नगरपालिका–११ स्थित रामदुलारी माविमा दुई जना नयाँ विद्यार्थीको अभिभावकत्व लिएर शैक्षिक सामग्री दिएपछि देशभर भर्ना अभियानको महोल बनेको छ ।
सबै बालबालिकालाई विद्यालयको पहँुचमा पु¥याउने अभियानका साथ सुरु भएको भर्ना अभियान सुरु हुनुअघि नै प्रधानमन्त्री ओलीले मुगुमा एक दलित विद्यार्थीको अभिभावकत्व लिएपछि नेताहरू स्वतःस्फूर्त भर्ना अभियानमा अभिभावकत्व लिइरहेका छन् ।
जारी अभियानमा दलका नेतादेखि जनप्रतिनिधसम्म जुटेका छन् । हरेक जनप्रतिनिधिले बालबालिकाको अभिभावक बन्दै सामुदायिक विद्यालयमा सहज अध्ययनका लागि सहजीकरण गर्नुपर्ने अभियानअन्तर्गत प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले दुई बालबालिकाको अभिभावकत्व ग्रहण गरेका छन् ।,याे खबर अाजकाे राजधानी दैनिकमा छ ।
‘सेलिब्रेटी’ अभिभावक