गाडीले रुट पाउन कम्पनी दर्ता अनिवार्य
काठमाडौं । यातायात व्यवस्था विभागले समितिको सिफारिसका भरमा रुट इजाजत नदिने भएको छ । यसलाई सिण्डिकेट तोड्न महत्वपूर्ण कदमका रुपमा लिइएको छ ।
विभागले आइतबार पञ्जिकरण नभएका गाडीको रुट इजाजत नविकरण नगर्ने वा नयाँ रुट इजाजत पनि नदिने बताएको छ । विभागले कम्पनी रजिष्टारको कार्यालयका कम्पनीका रुपमा दर्ता भएका गाडीहरुको मात्र पञ्जिकरण गर्ने गरेको छ ।
अब कम्पनीमा दर्ता भएका सवारीले मात्र रुट इजाजत पाउँछन् । विद्यमान व्यवस्थाअनुसार ४-४ महिनामा रुट इजाजात नविकरण गर्नुपर्छ ।
पछिल्लो पटक काठमाडौं बनेपा रुटमा मयुर यातायातलाई रुट इजाजत दिएपछि अरुनिको राजमार्गमा चल्ने बसका समितिहरुले आन्दोलनको चेतावनी दिएका छन् ।