News अपराध सुरक्षा प्रदेश ३

बिस्केट जात्रामा प्रहरीमाथि ढुंगामुढाका साथै अराजक गतिविधि गर्ने १३ जना पक्राउ

बिस्केट जात्रामा प्रहरीमाथि ढुंगामुढाका साथै अराजक गतिविधि गर्ने १३ जना पक्राउ

भक्तपुर । बिस्केट जात्रामा खटिएका प्रहरीमाथि ढुंगामुढा भएको छ । जात्राको सुरक्षामा खटिएका प्रहरीमाथि भक्तपुर नगरपालिका–३, तौमडीचोकमा आज बिहान सवा दुई बजे ढुंगामुढा भएको हो ।

 

बिस्केट जात्रामा ढुंगामुढा गर्ने ११ वनालाई तथा खुकुरी देखाएर अराजक गतिविधि देखाउने २ जना गरी १३ जनालाई टौमढीचोक र पाँचतलेबाट नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर भक्तपुरका सुरक्षा अधिकृत प्रहरी निरीक्षक मदन केसीले जानकारी दिए । केसीका अनुसार, प्रहरीले बेलैमा अवस्थालाई नियन्त्रणमा लिएकाले कुनै क्षति भने हुन पाएन्।

 

प्रहरीले हुलदंगामा संलग्न भक्तपुर नगरपालिका २ खसीबजार बस्ने २२ वर्षीय विजय सुवाल, सोही स्थानका सुमन कासुला, भक्तपुर नगरपालिका १० का मनिस मकाजु र भक्तपुर नगरपालिका ४ का मनिस छुका, सोही स्थानका सन्नी छुका, अर्जुन गपी, भक्तपुर नगरपालिका ५ का सुरेन्द्र देशमारु, सशिस पन्च, भक्तपुर नगरपालिका ३ का सविन श्रेष्ठ, भक्तपुर नगरपालिका १० का सुनील गुरुङ र भक्तपुर नगरपालिका ४ का लम्मीप्रसाद दुवाललाई पनि नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको उनले बताए ।

 


यसैगरी, जात्रामा खुकुरी देखाएर अशान्ति फैलाउने २ जनालाई प्रहरीले हिजो पाँचतलेबाट पक्राउ गरेको छ । सूर्यविनायक नगरपालिका–६, सूर्यबिनायक बस्ने साजन माक र समुन भेलेलाई नियन्त्रणमा लिएको हो । महानगरीय प्रहरी परिसर, भक्तपुरमा राखिएका उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

भक्तपुर बिस्केट जात्रा प्रहरीमाथि ढुंगामुढा

विशेष