एकजना दलितले यसरी बदलिएदिए शंकराचार्यको दिमाग
भारतीय गुरु तथा दार्शनिक आदि शंकराचार्यको जन्मदिनलाई आदि शंकराचार्य जयन्तीका रुपमा मनाउने गरिन्छ।
आदि शंकराचार्यको जन्मतिथि वैशाख शुक्ल पक्ष पञ्चमी तिथिमा पर्छ। केरलाको कलाडीमा सन् ७८८ मा जन्मेका शंकराचार्यले अद्वैत वेदान्तको पुनर्जागरण गरेका हुन्। उनका गुरु गोविन्द भगवतापाद बुद्धिजमका सिद्धान्तबाट गहिरोसँग प्रभावित थिए। आदि शंकराचार्य, माधव र रामानुज हिन्दू धर्मको पुनर्जागरण गरेका थिए।
आदि शंकराचार्यका बुबा शिवगुरु उनी बालकै छँदा बितेपछि उनको लालनपालन उनकी आमाद्वारा भयो। उनको आमा कृष्णभक्त थिइन्। उनकी आमा शंकराचार्यलाई जोगी बन्न नदिने सुरमा भए पनि उनले आमाको अन्तिम संस्कारका लागि आउने वचन दिए। यद्यपि वैदिक प्रचलनमा जोगीले घर छाड्नुपर्छ भने उसले कुनै संस्कारमा सहभागी हुन पाउँदैन। तर उनकी आमालाई वचन दिएअनुसार उनले आफ्नी आमाको अन्तिम संस्कार गरेका थिए। उनलाई अन्तिम संस्कार गर्न नदिएपछि उनले आमाको शव घरपछाडि लगेर अन्तिम संस्कार गरेका थिए।
आदि शंकराचार्य अद्वैतका सबैभन्दा ठूला दार्शनिक हुन्। अद्वैतले सबैलाई एकै भावमा हेर्छ। तर कुनै एकसमयमा उनले तल्लो जाति र कुकुरहरुलाई अपवित्रको दर्जा दिएका थिए। एकपटक नुहाएर वाराणसीको गंगाबाट फर्कने क्रममा उनको जम्काभेट चन्डाला र उसका चार कुकुरसँग भयो। चन्डालाले लास पोल्ने ठाउँको रेखदेख गर्थे। उनलाई नछुन शंकराचार्य एकातिर तर्के र बाटो छाडिदिए। चण्डालाले जवाफ फर्काए, मेरो शरीर वा मेरो आत्मा, स्वरुप हो कि निराकार? सीमित कि असीमित?’
यो घटनाले शंकराचार्यको जीवनमा ठूलो प्रभाव पर्यो। उनले महसुस गरे, कसैप्रति पनि विभेद गर्नुहुन्न, अन्त्यमा सबैको आत्मा अन्य सबै वस्तुभन्दा माथि छ। यसपछि उनले चण्डालालाई आफ्नो गुरु माने। उनले ‘मनीषा पञ्चकाम’ लेखे जसमा उनले दैध सिर्जना गर्ने विभेदबिरुद्ध हेर्दै अद्वैतको चर्चा गरेका छन्।
आदि शंकराचार्य ३२ वर्षकै उमेरमा बिते। के विश्वास गरिन्छ भने उनको जन्मअघि उनको बुवालाई दुईपटा विकल्प दिइएको थियो। एउटा लामो आयुको एउटा साधारण छोरा वा छोटो आयुको असाधारण छोरा। उनका बुबाले दोस्रो छाने। अर्को के पनि भनिन्छ भने उनको आयु ८ वर्ष थियो। पछि त्यसमा आठ वर्ष उमेर थपिदिए, वेदको अध्ययन गर्न। त्यसपछि उनको असाधारण क्षमताबाट प्रभावित वेदव्यासले उनको आयु फेरि १६ वर्ष थपिदिए।