News राजनीति

नदीको संरक्षण हुनुपर्छ : गृहमन्त्री थापा

नदीको संरक्षण हुनुपर्छ : गृहमन्त्री थापा

काठमाडौँ ।  गृहमन्त्री रामबहादुर थापाले नेपाली संस्कृतिको पहिचानका लागि नदीको संरक्षण गरिनुपर्नेमा जोड दिएका छन् ।  

 

उपत्यका पर्यटन नगरी अभियानले आज आयोजना गरेको वाग्मतीको कटुवालदहबाट सुन्दरीजलसम्मको मोटरसाइकल -याली उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले जुनसुकै समाजको निर्माण नदी सभ्यताबाट हुने भएकाले वाग्मतीको संरक्षण हुनुपर्ने बताए । 

 

‘आर्थिक समृद्धिको प्रमुख एजेन्डालाई पूरा गर्न पर्यटन प्रवद्र्धन गर्नुपर्छ, यसका लागि वाग्मतीजस्ता नदीमा स्वच्छ पानी बगाउनु आवश्यक छ, कला र संस्कृतिको संरक्षणका लागि पनि सरकारले प्राथमिकताका साथ काम गर्छ’, मन्त्री थापाले भने । 

 

कार्यक्रममा पूर्वमन्त्री एवं सांसद राजन केसी, दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेतलगायत वक्ताले वाग्मती नदीको संरक्षणका लागि जनचेतनामूलक अभियान जारी राखी सफाइमा लाग्न प्रेरित गरिनुपर्नेमा जोड दिए । -यालीमा ३०० वटा मोटरसाइकलको सहभागिता थियो । 

 

-यालीको समापन गोकर्णेश्वर नगरपालिका वडा नं १ सुन्दरीजलमा भयो । कार्यक्रमको समापन गर्दै नगर प्रमुख सन्तोष चालिसेले सुन्दरीजल क्षेत्रलाई पर्यटकीय नगरीकारुपमा विकास गर्न लागिएको सुनाए । 

 

कार्यक्रमको आयोजनाका लागि अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, पशुपति क्षेत्र विकास कोष, काठमाडौँ महानगरपालिका, दक्षिणकाली नगरपालिका, कागेश्वरी मनोहरा नगरपालिका, गोकर्णेश्वर नगरपालिकालगायतले सहयोग गरेका थिए । 

नदी संरक्षण रामबहादुर थापा

विशेष