News अपराध सुरक्षा प्रदेश ४

प्रहरीलाई घुस दिने पक्राउ

प्रहरीलाई घुस दिने पक्राउ

पोखरा । प्रहरीलाई प्रलोभनमा पार्न २ हजार घुस दिने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

पोखराको पृथ्वीचोक स्थित बसपार्कमा पार्किङ गरी राखेको ना ५ ख ३६२३ नं. को भाडाको बसभित्र विहिबार रातिको समयमा दुई जना केटाकेटी अश्लील कृयाकलाप संलग्न भेटिएका थिए । अस्थायी प्रहरी पोष्ट बसपार्कमा डिउटीमा खटिएका प्रहरी जवान किसान परियारले निजहरुलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीलाई नै लोभलालच देखाई २ हजार रुपैयाँ घुस दिएर प्रलोभनमा पार्न खोज्नेलाई नगद सहित प्रहरीले पक्राउ गरेको हो ।

 

पक्राउ पर्ने कास्की जिल्ला पोखरा लेखनाथ महानगरपालिका वडा नं. ९ बस्ने विशालजंग शाही र उनीसँग रहेकी एक महिला छिन् ।

 

उनीहरुलाई घुस दिएको नगद रकम सहित वडा प्रहरी कार्यालय बैदाम कास्कीको नियन्त्रणमा राखी सार्वजनिक अपराध मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको कास्की प्रहरी प्रवक्ता खड्क बहादुर खत्रीले जानकारी दिए ।

 

घुस नलिने प्रहरी जवानलाई जिल्ला प्रहरी कार्यलयले पुरस्कृत गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीको १५ बुँदे कार्ययोजना अनुरुप भ्रष्टाचारमा शून्य सहनशीलता अपनाई नागरिकलाई सरल र सहज रुपमा निष्पक्ष तवरले सेवा प्रदान गरेको भनेर पुरस्कृत गरिएको हो ।

 

डिउटीमा खटिएका प्रहरी जवान किसान परियारलाई जिल्ला प्रहरी कार्यालय कास्कीले अभिलेखमा जनिने गरी नगद ७ सय रुपैया सहित पुरस्कृत गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी घुस पक्राउ

विशेष