News देश राजनीति

यस्ता छन् परराष्ट्रमन्त्रीले सुझाएका नेपाल–चीन सहकार्यका पाँच क्षेत्र

यस्ता छन् परराष्ट्रमन्त्रीले सुझाएका नेपाल–चीन सहकार्यका पाँच क्षेत्र

काठमाडौं । चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले दुई देशको तीव्र आर्थिक विकासका लागि सामूहिक सहकार्यमा जोड दिएका छन्। दुई देशले सहकार्यका क्षेत्र पहिचान गरेर सामूहिक रूपमा काम गर्नुपर्नेमा जोड दिए। 

 

बिहीबार चाइना रिफर्म फोरमले बेइजिङमा ‘२१ औं शताब्दीमा नेपाल(चीन सम्बन्ध’बारे आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा मन्त्री ज्ञवालीले दुवै देशको विकासका लागि सहकार्य गर्नुपर्ने पाँच क्षेत्र सुझाए। 


उनले भने, ‘दुवै देशले अब सामूहिक सहकार्यका क्षेत्र पहिचान गरेर काम गर्नु आवश्यक छ ।’ 

 

मन्त्री ज्ञवालीले यातायात र कनेक्टिभिटी, कृषि, उद्योग र प्रविधि हस्तान्तरण, मानवीय सम्भावना, प्राकृतिक स्रोत र वातावरणका साथै व्यापार र लगानीमा दुवै देशले सहकार्य गर्नुपर्ने खाँचो औंल्याए । याे खबर अाजकाे अन्नपूर्ण पोस्टमा छ ।

 यी हुन् सहकार्यका पाँच क्षेत्र :

 १. यातायात र कनेक्टिभिटी 

 २. कृषि, उद्योग र प्रविधि, 

३. मानवीय सम्भावना

४. प्राकृतिक स्रोत र वातावरण  

५. लगानी र व्यापार  
 

प्रदीप ज्ञवाली चीन भ्रमण

विशेष