बीबीसीले संसार ध्वस्त हुँदै छ भन्ने खबर दिएपछि......
काठमाडाैं । ह्वाट्सएपमा एक काल्पनिक भिडियो सेयर गरिँदै छ जसमा बीबीसी न्यूजको ब्रान्डिङसहित संसारमा थर्मोन्यूक्लियर युद्धको सुरुवात हुने बताइएको छ ।
उक्त भिडियोमा कुनै वास्तविकता छैन । तर चिन्तित दर्शकले बीबीसीसँग सम्पर्क गरेर यसबारे बुझ्न खोजेका छन् । यीमध्ये थुप्रैलाई यो खबर वास्तविक लागे ।
उक्त भिडियो मूल रुपमा युट्युबमा सेयर गरिएको थियो जहाँ यसलाई पोष्ट गर्ने मिडिया कम्पनीले स्पष्ट रुपमा यो काल्पनिक भएको बताएका थिए । अब उक्त अकाउन्ट बन्द गरिएको छ ।
तर ह्वाट्सएपमा उक्त भिडियो स्पष्टिकरण नदिइकनै सेयर गरिँदै छ जसले धेरैलाई भ्रममा पारिरहेको छ ।