News

विवाह भएको सपना देख्दा के हुन्छ ?

विवाह भएको सपना देख्दा के हुन्छ ?

काठमाडौं ।  वैशाखको महिना लगनको महिना । विवाह गर्ने उमेर पुगेका व्यक्तिले यो महिनामा विवाह भएको सपना देख्नु स्वाभाविक पनि हुन सक्छ । प्राय जसो मनमा जुन कुरा खेलायो सपना पनि त्यसैको देख्ने गरिन्छ पनि भन्ने गन्छि ।

 

सपना देख्नु स्वभाविक हो कति राम्रा देखिन्छन् कति नराम्रा सबै सपना पूरा हुन्छन् भन्ने पनि छैन । हामीले देख्ने सपनाको दैनिक जीवनमा शुभ अशुभ संकेत गर्छ भन्ने जनविश्वास छ । अधिकांशका धेरै सपना अधुरा नै रहन्छन् । 

 

हामीले देख्ने सपना कहीँ न कहीँ बिपनासँग पनि जोडिएको हुन्छ । कति सपना निदाउँदा देखिन्छ भने कति सपनाले निदाउँनै दिँदैन । 

 

सपनामा  विवाह भएको देख्दा ज्योतिष शास्त्र अनुसार शुभ अशुभ के संकेत गर्छ ? यदि कोही ब्यक्ति सपनामा बिवाह वा त्यससँग सम्बन्धित अन्य कुनै बस्तु देख्दछ भने त्यसको शुभ र अशुप दुबै अर्थ हुन्छ । 

 

सपनामा आफ्नै विवाह भएको देख्नुभयो अथवा साथी, नातेदार कसैको विवाह भएको देख्नु भयो भने यस्तो सपनाको शुभ संकेत मानिदैन । यस्तो सपना देख्दा तपाईँको काममा कुनै बाधा आउनसक्ने संकेत दिन्छ ।


यदि तपाईँले कोही महिलाको विवाह हुँदै गरेको देख्नुभयो भने यो तपाईँको लागि शुभ संकेत हुने विश्वास गरिन्छ । यस्तो सपना देखे तपाईँको जीवनमा छिट्टै खुशी आउनेवाला छ भनेर बुझिन्छ । तर बेहुली रुँदै गरेको देख्नुभयो भने त्यसलाई अशुभ मानिन्छ ।

 

यदि कोही केटी आफ्नो सपनामा प्रेमीले अर्कै केटीसँग विवाह गरेको देख्नुभयो भने मान्नुस त्यसको विवाह छिट्टै हुन्छ । विवाहका गहना देखे पनि छिट्टै विवाह हुने संकेत बुझिन्छ ।

 

तर सबैलाई यो भविश्वाणी अनुसार मिल्छ नै भन्ने हुँदैन तर सपनाका धेरै अर्थ लगाउने हाम्रो नेपाली समाजमा पनि चलनमा छ ।

सपना

विशेष