अागामी भदौदेखि बहुविवाह शब्दमै बन्देज

काठमाडौं । आउँदो भदौ १ गतेदेखि बहुविवाह दर्ता नहुने भएको छ। मौजुदा कानुनमा कसैले बहुविवाह गरे र पीडित पक्षले मुद्दा हाले कानुनी कारबाहीको व्यवस्था गरिएको छ।
तर आगामी भदौदेखि लागू हुने कानुनमा बहुविवाह भन्ने शब्दलाई नै बन्देज लगाइएको छ। बलात्कार गरेर हत्या गरे, अपहरण गरेर हत्या गरे, जाति नै समाप्त हुनेगरी हत्या गरे आजीवन कारावास सजायको व्यवस्था गरिएको छ।
मुलुकी अपराध (संहिता) ऐन, २०४७ ले समाजमा गलत गतिविधि गर्नेलाई कडा कारबाही गर्ने कानुन पारित गरेको छ। मुलुकी अपराध (संहिता) ऐन, २०४७ का संयोजक एमालेका सांसद कृष्णभक्त पोखरेलले समाज दूषित बन्दै गएकाले केही कानुनहरू कडा बनाउन लागिएको बताए।
सार्वजनिक जग्गा कब्जा गरी आफ्नो नाममा पास गरेमा वा गलत नियतले दुरुपयोग गरेमा पनि जेल बस्नुपर्ने भएको छ। छाउपडी प्रथा कायम राखे तीन महिनासम्मको जेल हुने व्यवस्था गरिएको छ।
जापान र भारतका साथै अन्य देशमा पुगेर त्यहाँका कानुनी व्यवस्थाको अध्ययन गरेर कानुन बनाइएको पोखरेलले जानकारी दिए। याे खबर अाजकाे नेपाल समाचारपत्रमा छ ।