News

चैतभित्रै प्रहरी सरुवा–बढुवा मापदण्ड बन्ने

चैतभित्रै प्रहरी सरुवा–बढुवा मापदण्ड बन्ने

आवश्यक कानून अभावमा एकातिर केन्द्र र प्रदेश सरकारबीच सुरक्षा समन्वयको अभाव खड्किइरहेको छ भने अर्कोतर्फ उचित मापदण्डको अभावमा प्रहरीका उच्च अधिकारीहरुको बढुवा र पदस्थापन आदिमा समेत समस्या देखा पर्न लागेका बेला नयाँ प्रहरी महानिरीक्षक छान्नुपर्ने जटिल अवस्था पनि अहिले सरकारको काँधमा आएको छ ।

 
त्यस्तै गृहमन्त्रालयले यही चैतभित्र प्रहरी कर्मचारीहरुको सरुवा, बढुवा, काज तथा पदस्थापनासम्बन्धी मापदण्ड तयार पार्ने जनाएको छ ।

 

प्रहरी कर्मचारीहरुको विदेश भ्रमणको मापदण्ड पनि चैत्र मसान्तभित्र तयार पारिसक्ने गृहमन्त्रालयले जनाएको छ ।
 

विशेष