News खेल

नेपालगन्ज कप क्रिकेट : लुम्बिनी यात्रीजको लगातार तेस्रो जित, दंगालीले बाँकेलाई हरायो

नेपालगन्ज कप क्रिकेट : लुम्बिनी यात्रीजको लगातार तेस्रो जित, दंगालीले बाँकेलाई हरायो

नेपालगन्ज । आर्शिवाद पेन्ट्स नेपालगन्ज कपको शनिबार भएको पहिलो खेलमा एबरोल टिएमटी लुम्बिनी यात्रीजले लगातार तेस्रो जित निकालेको छ। लुम्बिनीले आर्शिवाद पेन्ट्स पाल्पा योद्याजलाई  ४ विकेटले पराजित गरेको हो। पाल्पा खेलेका सबै खेलमा पराजित भएको छ।

 

टस जितेर पहिला ब्याटिङ रोजेको पाल्पाले २० ओभर ४ विकेटको क्षतिमा १ सय ४४ रन बनायो। रित गौतम र अनुपम सिंहले राम्रो सुरुवात गरेका थिए । रित गौतमले ३२ रन तथा अनुपम सिंहले १० रन बनाएका थिए। चौथो नम्बरमा ब्याटिंग गर्न आएका पाल्पाका उप कप्तान प्रनित थापा मगरले २८ बलमा अर्धशतक बनाएका थिए। लुम्बिनीका लागि कुशल मल्ल र निजामुद्दिन हल्वाईले समान १-१ विकेट लिए।

 

१ सय ४५ रनको लक्ष्य लुम्बिनीले १८.२ ओभरमा ६ विकेट गुमाउदै पार गर्‍यो। लुम्बिनीका लागि ओपनर आदिल खानले २१ बलमा ३५ रन, विशाल खत्रीले २९ रन र कुशल मल्लले १८ रनको योगदान दिएका थिए । त्यस्तै पाँचौ नम्बरमा ब्याटिङ गर्न आएका बासिर अहमदले १४ बलमा ३१ रन बनाए। निजामुद्दिन हल्वाईले ४ बलमा १२ रन बनाएका थिए। लुम्बिनीका बासिर अहमद म्यान अफ द म्याच घोषित भए ।

 

दोस्रो खेलमा एनआइसी एसिया दंगाली गोर्खाजले जिसान बाँके ब्लास्टरमाथि ७ विकेटको जित हात पार्‍यो। टस हारेर पहिले ब्याटिङ गरेको बाँकेले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ३२ रन जोडेको थियो। बाँकेका लागि विशाल केसीले २४ बलमा ३९ रन बनाए भने रोमन बलमे २९ रन तथा महेश क्षेत्रीले २६ रन बनाए। दंगालीका लागि कप्तान सन्दीप सुनारले २ विकेट लिए।

 

१ सय ३३ रनको लक्ष्य दंगालीले १८ ओभरमा ३ विकेट गुमाएर पार गर्‍यो।  दंगालीका लागि आक्रमक ब्याटिंग गर्दै हरि क्षेत्रीले मात्र १५ बलमा ४२ रन बनाए। त्यस्तै मनोज सुनारले ३९ बल खेल्दै ३९ रन र सदाम अन्सारीले २० बलमा २८ रन बनाए। दंगाली गोर्खाजका हरि क्षेत्री म्यान अफ द म्याच घोषित भए।

 

 आइतबार लुम्बिनी यात्रीज र पप्पु कन्सट्रक्सन रोल्पा गोरिल्लाज तथा अर्घाखाची सिमेन्ट बर्दिया टाईर्गस र जिसान बाँके ब्लास्टरबीच प्रतिस्पर्धा हुनेछ।  

नेपालगन्ज कप क्रिकेट लुम्बिनी यात्रीज आर्शिवाद पेन्ट्स पाल्पा योद्याज

विशेष