News खेल

दुई गोलको अग्रता जोगाउन नसक्दा लिभरपुल बराबरीमा रोकियो

दुई गोलको अग्रता जोगाउन नसक्दा लिभरपुल बराबरीमा रोकियो

एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा लिभरपुल बराबरीमा रोकिएको छ । शनिबार भएको खेलको लिभरपुल रेलिगेसन जोनको वेष्ट बु्रमसँग २ – २ गोलको बराबरीमा रोकिएको हो ।

 

वेष्ट ब्रुमविरुद्ध दुई गोलको अग्रता जोगाउन नसक्दा लिभरपुल बराबरीमा रोकिएको हो । लिभरपुलका लागि ड्यानी इंग्स र मोहमद सलाहले समान एक एक गोल गरे । वेष्ट बु्रमका ज्याक लिभरमोर र जोसे सालोमोन रोनडोनले एक एक गोल फर्काए ।

 

पहिलो हाफको चौथो मिनेटमा इंग्सको गोलबाट लिभरपुलले घरेलु टोलीमाथि सुरुवाती अग्रता बनाएको थियो । खेलको ७२ औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई २ – ० को अग्रता दिलाए । तर, खेलको ७९ औं मिनेटमा वेष्ट बु्रमका लिभरमोरले गोल गर्दै खेल २ – १ मा ल्याए । त्यसपछि खेलको ८८ औं मिनेटमा रोनडोनले गोल गर्दै खेल २ – २ को बराबरी गरेका थिए ।

 

यो बराबरीसँगै तेस्रो स्थानको लिभरपुलले शीर्ष तथा च्याम्पियन म्यानचेस्टर सिटी र दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडविरुद्ध अंक दुरी घटाउने मौका गुमाएको छ । लिभरपुलले ३५ खेलबाट ७१ अंक जोडेको छ । च्याम्पियन बनिसकेको सिटीको ८७ र युनाइटेडको ७४ अंक छ । लिगको पुछारमा रहेको वेष्ट बु्रमको २५ अंक छ ।

लिभरपुल फुटबल इन्ग्लिश प्रिमियर लिग

विशेष