News अर्थ

मन्त्रालयले रोकिदियो प्लान इन्टरनेसनलको आठ अर्बको कार्यक्रम

मन्त्रालयले रोकिदियो प्लान इन्टरनेसनलको आठ अर्बको कार्यक्रम

काठमाडौं । नेपालको विकासमा साझेदार अन्तराष्ट्रिय संस्था प्लान इन्टरनेसनले आगामी पाँच बर्षका लागि प्रस्तुत गरेको कार्यक्रम नेपालको प्राथमिकता विपरीत रहेको पाइएको छ ।

 

उक्त संस्थाले हालै समाज कल्याण परिषदको माध्यमबाट समाज कल्याण मन्त्रालयमा पाँचबर्षे कार्यक्रम पेस गरेको थियो । 

 

८  अर्ब रुपैयाँको उक्त परियोजना वास्तविक कामभन्दा पनि सफ्टवेयर (नदेखिने अभौतिक काम)मा केन्द्रित देखिएपछि मन्त्रालयले उक्त कार्यक्रम अस्वीकृत गरेको छ ।

 

मन्त्रालयअन्तर्गतको सहजीकरण समितिले उक्त आयोजनाको फाइल समाज कल्याण परिषदमै फिर्ता गरिदिएको छ ।

 

 प्लानले चाइल्ड 'सेन्टर्ड कम्युनिटी डेभलपमेन्ट प्रोजेक्ट'को दोस्रो चरणका लागि ८ अर्ब रुपैयाँको कार्यक्रम प्रस्ताव गरेको थियो । याे खबर आज नागरिक दैनिकमा छ ।

प्लान इन्टरनेसनल

विशेष