विदेश

भारतीय प्रधानन्यायाधीशविरुद्ध महाअभियोग

भारतीय प्रधानन्यायाधीशविरुद्ध महाअभियोग

नयाँ दिल्ली । भारतका प्रधानन्यायाधीश दीपक मिश्राविरुद्ध शुक्रबार त्यहाँको तल्लो सदन राज्यसभामा महाअभियोग प्रस्ताव पेस भएको छ । भारतीय राष्ट्रिय कांग्रेस नेतृत्वमा विपक्षी पार्टीका सांसदले महाअभियोग प्रस्ताव पेस गरेका हुन् । 

 

राज्यसभामा विपक्षी दलका नेता गुलाम नबी आजाद र कांग्रेस वरिष्ठ नेता कपिल सिब्बलले एक पत्रकार सम्मेलनको आयोजना गरी महाअभियोग प्रस्ताव पेस भएको जानकारी दिए ।
 


सिब्बलले भने, ‘हामीले आज उपराष्ट्रपति र राज्यसभाका अध्यक्षसँग भेट गरेपछि महाअभियोग प्रस्ताव पेस गरेका छौं । हामी यो दिन कहिल्यै नआओस् भन्ने चाहन्थ्यौं तर प्रधानन्यायाधीशको काम गर्ने तरिकालाई लिएर लगातार प्रश्नहरू उठे ।’

 

राज्यसभाका अध्यक्षले यो प्रस्ताव स्वीकार गरे मिश्रामाथिको महाअभियोग प्रस्ताव अघि बढ्नेछ । उनी लामो समयदेखि विभिन्न विवादमा पर्दै आएका छन् ।

 

यसै वर्षको सुरुमा मिश्रासँग भारतको सर्वोच्च अदालतका रुष्ट चार न्यायाधीशले पत्रकार सम्मेलन गरेर अदालतमा अनियमितता भएको दाबी गरेका थिए । न्यायाधीशहरू जे चेलमेश्वर, रञ्जल गोगोई, मदन लोकुर र कुरियन जोसेफ उनीविरुद्ध खनिएका थिए ।

भारत प्रधानन्यायाधीश दीपक मिश्रा

विशेष