News

‘मेयर भएर पनि सोचेजस्तो काम गर्न सकिनँ’

‘मेयर भएर पनि सोचेजस्तो काम गर्न सकिनँ’

भरतपुुर । भरतपुर महानगरपालिकाको मेयर रेणु दाहालले सोचजस्तो काम गर्न नसकिएको स्वीकार गरेकी छन् ।

 

करको दर बढाएको भन्दै आलोचना भइरहेका बेला सोमबार पत्रकार सम्मेलन गरेर मेयर दाहालले विभिन्न अवरोध र अप्ठ्याराका कारण चाहेर पनि काम गर्न नसकेको गुनासो गरिन् । ‘सवै जनप्रतिनिधिमा काम गर्ने तीव्र इच्छा भएको पाएकी छु तर अलमलमा परेको महसुस भएको छ’ उनले भनिन्, भरतपुरमा मात्र नभई देशभरका स्थानीय तहको अवस्था यस्तै छ ।’

 

अन्य महानगरको तुलनामा भरतपुर महानगरले भने एक कदम माथि रहेर काम गरेको उनको दाबी छ ।

 

भरतपुर अस्पतालमा महिला तथा जेष्ठ नागरिकलाई निःशुल्क बहिरङग ९ओपीडी० टिकटको व्यवस्था, भरतपुरका बसपार्कमा निःशुल्क वाईफाई, सडक बत्ति, पार्किङ व्यवस्थापनलगायत काम महानगरपालिकाले उपलब्धिका रुपमा ब्याख्या गर्दै आएको छ ।

 

महानगरले पछिल्लो समय वृद्धि गरेको कर र दायराबारे पनि मेयर दाहालले प्रस्ट पार्ने प्रयास गरिन् ।

 

सबैको सहमतिमै कर निर्धारण गरिएको भन्दै उनले उद्योग वाणिज्य संघ र महानगरबीच कुनै विवाद नरहेको बताइन् ।  ठूला व्यवसाय र उद्योगमा कर वृद्धि गरिएको तर, जनतासँग सरोकार राखिएको विषयमा भने धेरै कर वृद्धि नगरिएको मेयर दाहालले स्पष्ट पारिन् ।

 

करको सम्बन्ध देखिएको समस्या राजस्व परामर्श समितिले समाधान गर्ने उनले जानकारी दिइन् ।

विशेष