विदेश

निकारागुआमा आन्दोलनका क्रममा दुई जनाको मृत्यु

निकारागुआमा आन्दोलनका क्रममा दुई जनाको मृत्यु

मानागुआ । पेन्सनको पुनरावलोकन गर्नुपर्ने माग गर्दै भएको प्रदर्शनका क्रममा झडप हुँदा निकारागुआमा कम्तीमा दुई जनाको मृत्यु भएको छ । 

 

निकारागुआको राजधानी मानागुआमा बिहीबार राति भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेपछि भएको झडपका क्रममा उनीहरु मारिएका हुन् ।

 

नयाँ बनाइएको पेन्सनसम्वन्धी कानूनमा औसतमा पाँच प्रतिशत पेन्सन घटाइएकाले कर्मचारी असन्तुष्टि व्यक्त गर्दै आन्दोलनमा उत्रिएका हुन् । 

 

आन्दोलनकारीले नयाँ बनाइएको पेन्सनसम्वन्धी कानूनको पुनरावलोकन गर्नुपर्ने माग राखेका छन् । झडपमा परी मृत्यु हुनेमा एक जना ३३ वर्षीय प्रहरी रहेका छन् भने अर्का एक जना प्रदर्शनकारी युवा रहेका छन् । 

 

विपक्षी प्रदर्शनकारीले अर्का एक जना विद्यार्थी पनि प्रदर्शनका क्रममा मारिएको दाबी गरेका छन् । 

निकारागुआ

विशेष