News

सरकारले माग्यो सबै स्थानीय तहका कर्मचारी विवरण

सरकारले माग्यो सबै स्थानीय तहका कर्मचारी विवरण

कर्मचारी व्यवस्थापनमा अन्योल भएपछि सरकारले स्थानीय तहसँग विवरण माग गरेको छ ।

 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका ७७ वटा जिल्ला समन्वय समितिसहित सबै स्थानीय तहसँग कर्मचारी विवरण माग गरेको हो ।

 

स्वीकृत अन्तरिम दरबन्दीअनुरुप सम्बन्धित स्थानीय तहमा कार्यरत निजामती कर्मचारी र साविकका स्थानीय निकायका स्थायी कर्मचारीको रिक्त तथा पूर्तिको विवरण पठाउन मन्त्रालयले आग्रह गरेको हो ।

 

बिहीबारसम्म कर्मचारी विवरण पठाउन आग्रह गरेको छ । बुधबार मन्त्रिपरिषद्को बैठकले स्थानीय तहमा आवश्यक कर्मचारीको अन्तरिम दरबन्दी स्वीकृत गरेको थियो ।

 

सरकारले नयाँ संगठन संरचनाअनुसार ३७ हजार सात सय ९६ कर्मचारी दरबन्दी व्यवस्थापन गर्ने निर्णय गरेको थियो ।

 

हाल विभिन्न विषयगत कार्यालयअन्तर्गत केन्द्र र उपकेन्द्रमा खटिने कर्मचारी १९ हजार पाँच सय ५८ समेत गरी स्थानीय तहमा कुल ५७ हजार ३५४ दरबन्दी तोकिदिएको छ ।

विशेष