News

लालपुर्जाबिनै जग्गा किनबेच र काराेबार

लालपुर्जाबिनै जग्गा किनबेच र काराेबार

तेह्रथुम । फेदाप गाउँपालिकाको केन्द्र पोक्लाबाङ बजारका बासिन्दाले वर्षाैँदेखि घर जग्गाको लालपुर्जा पाएका छैनन् । 

 


जिल्लाकै पुरानो ऐतिहासिक पोक्लाबाङ गढीको नामबाट चिनिएको यो बजार २०३० सालबाट विस्तार भएको हो । सुरुमा बसोबास गरेका केही परिवारबाहेक बजारमा बस्ने झण्डै एक सय घरधुरीको लालपूर्जा छैन ।

 

स्थानीय राजनीतिक दलहरुको पहलमासमेत पटक–पटक लालपुर्जा माग गरिए पनि अहिलेसम्म कसैबाट सुनुवाइ नभएको उनीहरुको गुनासो छ ।

 

धार्मिक, प्राकृतिक र पर्यटकीय स्थलकोसमेत सम्भावना बोकेको यो बजारमा तीव्र गतिमा भइरहेको बजार विस्तारसँगै धनीपूर्जाबिनै जग्गा कारोबारसमेत हुने गरेको गाउँपालिका उपाध्यक्ष गीता थापाले बताइन् । 

 

 

लालपुर्जा नहुँदा बजारमा बस्ने स्थानीयले सरकारी कार्यालयका काम कारबाही र अन्य बैंकिङ कारोबार गर्न पाएका छैनन् । जसका कारण सबैभन्दा ठूलो असर व्यवसायीलाई परेको र आर्थिक उन्नति गर्न समस्या भएको स्थानीयको गुनासो छ ।

लालपुर्जा

विशेष