News

भारतीय प्रधानमन्त्री मोदी नेपाल आउने

भारतीय प्रधानमन्त्री मोदी नेपाल आउने

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी वैशाख अन्तिम साता नेपाल आउने भारतीय मिडियाले दाबी गरेका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार प्रधानमन्त्री मोदी वैशाख २८ गते नेपाल आउने छन् ।

 

नेपाल बसाइका क्रममा मोदीले काठमाडौं र जनकपुरको भ्रमण गर्नेछन् । हिन्दुस्तान टाइम्सले नेपाल सरकारका एक उच्चअधिकारीलाई उद्धृत गर्दै मोदी नेपाल आउन लागेको समाचार प्रकाशित गरेको छ ।  

 

प्रधानमन्त्री भएपछि मोदीको यो तेस्रो नेपाल भ्रमण हुनेछ । यसअघि उनी सार्क सम्मेलन र त्यसअघि नेपाल आएका थिए ।

 

गत महिना भारत भ्रमणका क्रममा प्रधानमन्त्री केपी ओलीले नेपाल भ्रमणका लागि भारतीय प्रधानमन्त्री मोदीलाई निम्तो दिएका थिए । उक्त निम्तो स्विकार्दै मोदी नेपाल आउने भएका हुन सक्छन् । 

 

तीनदिने राजकीय भ्रमणका लागि भारत गएका प्रधानमन्त्री ओलीले मोदीसँग औपचारिक वार्ताका क्रममा नेपाल भ्रमणको निम्तो दिएका थिए । 

 

संयुक्त वक्तव्यमा समेत प्रधानमन्त्री ओलीले छिट्टै नेपाल भ्रमण गर्न भारतीय समकक्षी मोदीलाई आग्रह गरेका थिए । 

नरेन्द्र माेदी माेदी नेपाल अाउने

विशेष