News अर्थ

अागामी बजेटले वीरगन्जलार्इ उत्साहित बनाउँछ : खतिवडा

अागामी बजेटले वीरगन्जलार्इ उत्साहित बनाउँछ : खतिवडा

अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आव २०७५/७६ को बजेटले वीरगन्जलाई उत्साहित गर्ने बताएका छन् ।

 

वीरगन्ज उद्योग वाणिज्य संघको सहजीकरण तथा अर्थ मन्त्रालयको राजस्व परामर्श समितिद्वारा आज आयोजित राजस्व नीति तथा कार्यक्रमबारे छलफल तथा सुझाव संकलन कार्यक्रममा अर्थमन्त्री खतिवडाले उक्त धारणा राखेका हुन्।

 

उनले मुलुकको कूल राजस्वको ५४ प्रतिशतभन्दा बढी राजस्व संकलन हुने आर्थिक नगरी वीरगन्जलाई आगामी आवको बजेटमा प्राथमिकता दिइने उल्लेख गरे।

 

सरकारले देशको अर्थतन्त्र वृद्धिमा योगदान पुर्‍याउने उद्योग–व्यवसायलाई सहयोग तथा अर्थतन्त्रमा नकारात्मक योगदान पुर्‍याउने उद्योग व्यवसायलाई निरुत्साहित गर्ने बताउँदै मन्त्री खतिवडाले व्यवसाय करको नीति सुधार गर्दै लाने भनाइ राखे।

 

अर्को प्रसंगमा उनले खोस्टा भएका पुराना भारतीय रुपैयाँका विषयमा नेपाल–भारत बैठकमा कुरा उठाई समस्या समाधानका लागि पहल गरिने बताए।

डा.युवराज खतिवडा

विशेष