News मुख्य समाचार प्रदेश ३

प्रचण्डभित्र पनि आश्वासन मौलाउँदै, जता गए पनि ठिक्क

प्रचण्डभित्र पनि आश्वासन मौलाउँदै, जता गए पनि ठिक्क

सधैं राजनीति कार्यक्रममा व्यस्त भइरहने माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई संगीत सुन्ने फुर्सद होला, संगीतप्रति लगाव होला ? 


धेरैलाई यो प्रश्नको उत्तर पाउने खुलदुली छ । तर उनले यसको उत्तर पनि दिएका छन् । भनौं, खुलासा गरेका छन्, उनले भने, ‘बिहान ३० मिनेट म संगीतमा रमाउँछुु ।'


संगीतकार संघ नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उपस्थित पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले बिहान शारीरिक व्यायाम र संगीत श्रवण नियमित जस्तै बनेको बताए ।


‘बिहानको ३० मिनेट नेपाली नयाँ तथा पुराना गीत सुन्ने गर्छु’, उनले भने, त्यसपछिको ३० मिनेट शारीरिक कसरतमा बिताउँछु ।

 

संगीतले मानसिक थकान मेट्ने र व्यायामबाट पसिना निकालेपछि स्फूर्ति मिल्ने कारण आफ्नो दैनिकी संगीत र व्यायामबाटै सुरु हुने उनले बताए ।

 

कार्यक्रममा गायक प्रेमध्वज प्रधानलाई संगीतकार संघ नेपालले अजरअमर सम्मान पनि गरेको थियो । कार्यक्रममा बोल्दै उनले संगीतकारहरुको हकहित र रोयल्टीको मागलाई आफ्नो तर्फबाट सकेसम्म साथ दिने वचन पनि दिएका छन् ।

 


संगीतकारलाई राज्यको तर्फबाट प्रोत्साहन, सहयोग र अधिकार स्थापित गर्न सधैं लागिपर्ने बताएका हुन् ।

 

आफू पहिलोपटक प्रधानमन्त्री हुँदा कलाकारको अक्षयकोषमा एक करोड रुपैयाँ सहयोग गरेको स्मरण गर्दै उनले अब संगीतकार तथा कलाकारलाई राज्यको तर्फबाट सहयोग गर्न पहल गर्ने प्रतिबद्धता जनाएका हुन् । 

 


अभियानमार्फत राष्ट्रिय एकताको संवेदना र परिवर्तन समृद्धि र विकासको सन्देश दिने प्रयास अर्थपूर्ण रहेको उनको भनाइ थियो । निरंकुश व्यवस्थामा पनि संगीत र कलाको क्षेत्र फस्टाएकाले गणतन्त्रमा झनै यो क्षेत्रको प्रवद्र्धन हुनुपर्नेमा उनले जोड दिए 

प्रचण्डभित्र पनि आश्वासन

विशेष