News विदेश

उत्तर काेरियाले परमाणु परीक्षण राेक्ने

उत्तर काेरियाले परमाणु परीक्षण राेक्ने

उत्तर कोरियाले परमाणु परीक्षण रोक्ने भएको छ ।

 

उत्तर कोरियाली नेता किम जोन उनले अब थप परमाणु परीक्षण आवश्यक नरहेको भन्दै परमाणु मिसाइल र अन्तरमहाद्धीप ब्यालेस्टिक मिसाइल परीक्षण रोक्ने बताएको दक्षिण कोरियाली  समाचार एजेन्सी योनहपले जनाएको छ ।

 

उत्तरकोरियाको सत्तारुढ वर्कर्स पार्टीको बैठकपछि यस्तो निर्णय भएको खबरमा उल्लेख छ । 

 

परमाणु हतियार कार्यक्रमलाई निरन्तरता दिएका कारण उत्तर कोरियामाथि संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय प्रतिबन्ध लगाएको छ । उत्तर कोरियाले गत नोभेम्बरमा अमेरिकासम्म मार हान्न सक्ने अन्तरमहाद्वीपीय ब्यालेस्टिक मिसाइल परीक्षण गरेको दाबी गरेको थियो । 

 

परीक्षणको राष्ट्रसंघ महासचिव एन्टोनियो गुटरेट्सले कडा निन्दा गर्दै उत्तर कोरियाले अन्तर्राष्ट्रिय समुदायको अपमान गरेको प्रतिक्रिया दिएका थिए  ।  

उत्तर कोरिया

विशेष