News अपराध सुरक्षा प्रदेश ३

बम विष्फोट गराउन खोज्दै गर्दा पक्राउ

बम विष्फोट गराउन खोज्दै गर्दा पक्राउ

जिल्ला प्रहरी कार्यालय सिन्धुलीले नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहका थप दुई कार्यकर्ता पक्राउ गरेको छ । 

 

हरिहरपुरगढी गाउँपालिका– ६ कोवाडाँडाबाट बम विस्फोट गराउने सामग्री तथा बन्दोबस्तीका सामानसहित प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । 

 

जिल्ला प्रहरी कार्यालयमा आज पत्रकार सम्मलेन गरी पक्राउ गरिएका व्यक्तिको विवरण र बरामद सामानबारे जानकारी गराइएको छ ।

 

पक्राउ पर्नेमा धनुषा जिल्ला मिथिला नगरपालिका–१० निवासी विप्लव समूहका अखिल क्रान्तिकारी विद्यार्थी संगठनका केन्द्रीय सदस्य २२ वर्षीय राजन बस्नेत र सिन्धुली जिल्ला हरिहरपुरगढी गाउँपालिका–७ बस्ने अखिल क्रान्तिकारी विद्यार्थी संगठन सिन्धुलीका जिल्ला अध्यक्ष २० वर्षीय पूर्णबहादुर भुजेल रहेका प्रहरी नायब निरीक्षक विनोद शर्माले जानकारी दिए ।

 

पक्राउ गरिएकामध्ये बस्नेत यसअघि चन्दा संकलन तथा मुद्दामा पक्राउ परी अदालतबाट दुई हजार धरौटीमा छुटेका थिए । 

 

उनीहरुको साथबाट जिलेटिन नियोजेल ९० ५७ थान, डेटकर्ड तार अन्दाजी दुई मिटर, डिजिटल मल्टिमिटर दुई थान, कैंची एक थान, डेटोनेटर तीन पिस, मोबाइल दुई थान, ३८०० नगद, बा ३८ प ४२८६ नम्बरको कालो रंगको पल्सर नियन्त्रणमा लिइएकाे छ ।

 

साथै क्यानखोला नियन्त्रण उपभोक्ता समिति, सिन्धुली लेखिएको स्ट्याम प्याड एक थान बरामद गरिएको प्रहरी नायब उपरीक्षक शर्माले जानकारी दिए ।

बम विष्फोट विप्लव माओवादी

विशेष