News देश प्रदेश ३

मेलम्चीको काम फेरि किन रोकियो?

मेलम्चीको काम फेरि किन रोकियो?

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको सम्पूर्ण काम दुई सातादेखि ठप्प भएको छ । ठेक्का लिएको इटालियन कम्पनी सीएमसी रिभेनाले आर्थिक अभाव देखाएपछि सो काम ठप्प भएको हो ।

 

आयोजनाका सिनियर डिभिजनल इन्जिनियर राजेन्द्र प्रसाद पन्तका अनुसार, निर्माण सामाग्री किन्न नसक्दा काम रोकिनुपरेको आयोजनाको जवाफ छ । 

 

मेलम्चीको सुरुङ खन्ने काम गएको चैत २७ गते सम्पन्न भएपछि उक्त दिनदेखि अहिलेसम्म कुनै काम हुन सकेको छैन । २६ किमि सुरुङमध्ये २४ किमिमा फिनिसिङको काम गर्नै बाँकी रहेको जनाइएको छ ।

 

१८ महिनाअघि ब्रेक थ्रु भएको सुन्दरी जल-सिन्धु खण्डमा २ किलो मिटरबाहेक फिनिसिङको काम हुन सकेको छैन । याे खबर आजको नेपाल समाचारपत्रमा छ ।

मेलम्ची

विशेष