News समाज प्रदेश ३

उपत्यकामा चल्ने सवारीबाट १२ जना बालककाे उद्धार

उपत्यकामा चल्ने सवारीबाट १२ जना बालककाे उद्धार

काठमाडाैं । श्रम कार्यलय बागमती केन्द्रीय बाल कल्याण समिति र बाल अधिकारका श्रेत्रमा कार्यरत संघसंस्थाको अगुवाइमा उपत्यकामा चल्ने सार्वजनिक यातायातबाट १२ जना बालकहरुको उद्धार गरिएको छ ।


काठमाडौं उपत्यकामा सञ्चालित सर्वाजनिक यातायात बस, मिनिबस, माइक्रोबस, टेम्पो र ढुवानीका साधनलगायत साधनहरुमा बालश्रमरहित बनाउने अभियानअन्तर्गत आइतबार चौथो दिन स्वम्यभू चोकबाट १२ जना बालकहरुको उद्धार गरिएको हो ।

 

बालश्रम (निषेध र नियमित गर्ने) ऐन २०५६ अनुसार सार्वजनिक यातायातमा बालबालिकालाई श्रममा लगाउन पाइँदैन ।  श्रम कार्यालय बागमतीका कार्यालय प्रमुख उदयकुमार गुप्ताको नेतृत्वमा सुरु गरिएको सो अभियानअन्तर्गत आइतबार १ सय ९१ वटा गाडीको अनुगमन गरि सचेतनामूलक स्टिकरसमेत टाँसिएको छ ।

 

अनुगमनका क्रममा उक्त सवारी साधनहरुबाट सह–चालकका रुपमा कार्यरत १६ वर्ष मूनिका १२ जना बालकहरुलाई उद्धार गरिएको बाल कल्याण समितिका निर्देशक तारक धितालले बताएका छन् ।

बालक उद्भार

विशेष