News देश

न्यायिक प्रहरी गठन गर्न कामु प्रधानन्यायाधीशको माग

न्यायिक प्रहरी गठन गर्न कामु प्रधानन्यायाधीशको माग

काठमाडौं । कायम मुकायम प्रधानन्यायाधीश दीपकराज जोशीले फौजदारी मुद्दा अनुसन्धानका लागि प्रहरीमा छुट्टै एकाई निर्माण गर्न सुझाव दिएका छन्। सरकारी वकिल अनुशिक्षण कार्यक्रममा उनले प्रहरी र सरकारी वकिल सक्षम भएमा फौजदारी मुद्दामा सफलता हासिल हुने बताए। 

 

सर्वोच्च अदातलले समेत यसअघि न्यायिक प्रहरी गठनका लागि सरकारलाई निर्देशनात्मक आदेश जारी गरेको स्मरण गर्दै कामु प्रधानन्यायाधीश जोशीले न्यायिक प्रहरीको संलग्नताले मुद्दामा सफलता हासिल हुने बताए। 

 

उनले भने, ‘प्रहरीको पहिलो कर्तव्य शान्ति सुरक्षा हो। यही मानवस्रोतबाट मुद्दा अनुसन्धान प्रभावकारी हुन सक्दैन। सर्वोच्च अदालतले पनि यसअघि न्यायिक प्रहरीको व्यवस्था गर्न २०६७ मा नै निर्देशनात्मक आदेश दिएको थियो। 

 

अब प्रहरीले अपराध अनुसन्धानका लागि छुट्टै सेल बनाएर जानुर्पछ। न्यायिक प्रहरीको व्यवस्था हुनुपर्छ।’ याे खबर अाजकाे गोरखापत्रमा छ ।
 

दीपकराज जोशी कामु प्रधानन्यायाधीश

विशेष