विदेश

अमेरिकी सामानमा २५ प्रतिशत भन्सार बढाउने चीनकाे घाेषणा

अमेरिकी सामानमा २५ प्रतिशत भन्सार बढाउने चीनकाे घाेषणा

एजेन्सी । विदेशी स्टील र एलुमिनियमा कर बढाउने अमेरिकी डोनल्ड ट्रम्पको निर्णयपछि चीनले पनि अमेरिकाबाट आयात गरिने अमेरिकी सामग्रीहरूमा भन्सार दर बढाइदिएको छ। 

 

चीनले बङ्गुरको मासु र वाइनसहित अमेरिकाबाट आयत गरिने १२८ बस्तु र सामानमा २५ प्रतिशतसम्म भन्सार शुल्क बढाउने निर्णय गरेको छ। चिनियाँ कदमले सोमवार आयात हुने करिब ३ अर्ब डलर बराबरको सामान प्रभावित हुने अनुमान गरिएको छ। 

 


अमेरिकाको नयाँ कर प्रणालीले पारेको क्षति कम गर्न र चिनियाँ चासो र सन्तुलन बचाउनका लागि पछिल्लो कदम चालिएको बेइजिङले जनाएको बीबीसीमा उल्लेख छ।  यसअघि चीनले आफूले व्यापार युद्ध नचाहेको तर आफ्नो अर्थतन्त्रमा असर परे चुप लागेर नबस्ने बताएको थियो।
 

चीन अमेरिका डोनल्ड ट्रम्प

विशेष