News मुख्य समाचार

दरबारमार्ग बलात्कार काण्डको अर्को पाटोः अभियुक्तको यस्तो बयान

दरबारमार्ग बलात्कार काण्डको अर्को पाटोः अभियुक्तको यस्तो बयान

काठमाडौं । दरबारमार्ग बलात्कार प्रकरणका मुख्य अभियुक्त शैलेश कार्कीले प्रहरी समक्ष बयान दिएपछि घटनाको अनुसन्धान थप जटिल बनेको छ ।

 

कार्कीले उजुरी दिने युवतीले आफूलाई फसाएको आशयको बयान दिएपछि प्रहरीलाई समेत अनुसन्धानमा अप्ठ्यारो परेको बताइएको छ ।

 

कार्कीले बयानको क्रममा युवतीकै आग्रहमा शारिरिक सम्पर्क गरेको बताएका छन् । कार्कीका अनुसार युवतीले बारम्बार फोन सम्पर्क गरी स्वयं भेट्न आइन् । साँझ परेपछि होटलमा सँगै बसे ।

 

कार्कीले आफू उनीसँग बिहेको लागि समेत तयार रहेको तर आश्चर्यजनक रुपमा प्रहरीकहाँ उजुरी दिएर आफूलाई फसाएको बताए । साथै होटलबाट निस्किने बेला पनि सौहार्दपूर्ण रुपमा कुराकानी गरी छुटिएको कार्कीले बताएका छन् ।

 

कार्कीले बयान दिएपछि उक्त घटनाको फरक पाटो हुनसक्ने आशंका बढेको छ । घटनाका प्रमाण पछ्याइरहेका प्रहरीहरुका अनुसार अनुसन्धान समेत जटिल बनेको छ ।

 

बलात्कार घटना

विशेष