दाेश्राे ठूलाे नाेबेल पुरस्कार नेपाली मूलका पाठकलार्इ
काठमाडौं । नोबेल पुरस्कारपछिको दोस्रो ठूलो मानिने अर्थशास्त्रसम्बन्धी क्लार्क अवार्ड २०१८ नेपाली मूलका अमेरिकी अर्थशास्त्री पराग पाठकलाई प्रदान गरिने भएको छ ।
अवार्ड अर्थशास्त्रको अध्ययन तथा अनुसन्धानमा विशिष्ट योगदान पुर्याएबापत पाठकलाई प्रदान गर्न लागिएको हो ।
४० वर्षभन्दा कम उमेर समूहका युवा अर्थशास्त्रीलाई प्रदान गरिने सो अवार्ड प्राप्त गर्ने पाठक नेपाली मूलका पहिलो अर्थशास्त्रीसमेत हुन् ।
अमेरिकन इकोनोमिक एसोसिएसनले अर्थशास्त्र तथा प्रविधि क्षेत्रमा विश्वभर लोकप्रिय रहेको म्यासाच्युसेटस इन्स्टिच्युट अफ टेक्नोलोजी एमआईटीमा प्राध्यापक रहेका ३७ वर्षे पाठकको योगदानको कदर गर्दै अवार्ड प्रदान गर्न लागिएको जनाएको छ ।
इकोनोमिक एसोसिएसनले सार्वजनिक विद्यालयको शिक्षा प्रणाली सुधार गर्न पाठकले महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गरेको छ ।
पाठकका बुबाआमा काठमाडौंबाट अमेरिकाको न्यूयोर्क सरेपछि उनले त्यहीँ बाल्यकाल बिताए । उनले हावर्ड विश्वविद्यालयबाट एप्लाईड म्याथम्याटिक्स विषयमा स्नातक र स्नातकोत्तरसमेत गरेका छन् ।
‘द पाउल एन्ड डेजी सोरोस फेलोसिप फर न्यू अमेरिकन’ नामक छात्रवृत्ति पाएर सन् २००७ मा उनले व्यावसायिक अर्थशास्त्र विषयमा विद्यावारिधि गरे । सन् २००२ देखि सन् २००३ सम्म उनले अमेरिकाकै युनिभर्सिटी अफ टलजमा भिजिटिङ फेलाको रुपमा सेवा गरेका थिए ।
त्यहाँ रहँदा उनले नोबेल पुरस्कार विजेता जिन टिरोलसँग पनि अर्थशास्त्र विषयको अध्ययन गरेका थिए ।
दाेश्राे ठूलाे नाेबेल पुरस्कार पराग पाठक