News अपराध सुरक्षा

खाजा घरकाे नाम यसरी भइरहेछ लुकीछिपी याैन धन्दा

खाजा घरकाे नाम यसरी भइरहेछ लुकीछिपी याैन धन्दा

काठमाडौं । महानगरीय प्रहरी प्रभाग गोंगबुले यौन व्यवसायमा संलग्न ३४ जनालाई पक्राउ गरेको छ ।


प्रभागले शनिबार राति गोंगबु क्षेत्रको दीपज्योति र मित्रनगर आसपासमा रहेका केही ठाउँमा गरेको संयुक्त अपरेसनमा खाजा घर सञ्चालनको नाममा यौन व्यवसाय सञ्चालन गर्ने, लागुऔषध बिक्री वितरण गर्ने तथा जुवा खेल्ने ३४ जनालाई नियन्त्रणमा लिएको हो ।


जसमा १९ पुरुष र १५ महिला रहेका छन् ।

 

प्रभागका प्रमुख प्रताप पौडेलले वैशाख महिना नयाँ बसपार्क क्षेत्रलाई मानव बेचबिखन तथा ओसारपसार र यौन दुव्र्यसन नियन्त्रण क्षेत्र बनाउने कार्ययोजनाअनुसार गरिएको अपरेसनमा उनीहलाई नियन्त्रणमा लिएको बताए ।

 

उनले पक्राउ परेकाको अनुसन्धान भइरहेको र जसमध्ये १२ जनालाई मुद्दा चलाउने तयारी भइरहेको जानकारी दिए ।

याैन धन्दा

विशेष