छैटौं राष्ट्रिय चलचित्र महोत्सवको तयारी लगभग पूरा, थपिए तीन विधा
काठमाडाैं । आगामी १३ बैसाखमा काठमाडौंमा आयोजना हुन लागेको छैटौं संस्करणको ‘एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार–२०७४’को उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक भएको छ।
विगतमा २० वटा विधामा अवार्ड प्रदान गर्दैैै आएको नेपाल चलचित्र विकास कम्पनी (एनएफडिसी) ले यस वर्ष अन्य तीन विधा थप गर्दै २३ विधामा अवार्ड प्रदान गर्ने जनाएको छ। थपिएका ३ विधामा सर्वोत्कृष्ट कथा र संवाद, राष्ट्रिय चलचित्र पुरस्कार र सर्वोत्कृष्ट गीतकार पुरस्कार छन्।
२०७४ सालभरिमा नेपालका कम्तीमा पाँच चलचित्र घरमा व्यावसायिक रूपमा प्रदर्शनमा आएका ८३ चलचित्र तथा सो चलचित्रमा संलग्न कलाकार, प्राविधिकहरू राष्ट्रिय चलचित्र पुरस्कारका लागि मनोनयनमा परेका आयोजकले जनाएको छ।
अवार्डका निर्णायकहरु संगीतकार शुभबहादुर सुनाम, चलचित्र निर्देशक प्रदीप उपाध्याय, अभिनेत्री चैत्यदेवी र छायाकार मञ्जुकुमार श्रेष्ठले मनोनयन सार्वजनिक गरेका हुन्।