विदेश अपराध सुरक्षा

बालिकामाथिकाे बलात्कारमा भारत सरकारले ल्यायाे मृत्युदण्डकाे कानुन

बालिकामाथिकाे बलात्कारमा भारत सरकारले ल्यायाे मृत्युदण्डकाे कानुन

एजेन्सी । भारत सरकारले बालिकामाथि बलात्कार गर्ने व्यक्तिलाई मृत्युदण्ड दिने कानुनलाई शनिबार अनुमोदन गरेको छ । 

 

हालै भारतको जम्मु काश्मिरमा आठ वर्षीया बालिकामाथि भएको बलात्कारको घटना र भारतमा दैनिक ५० जनाभन्दा बढी बलात्कारका घटना हुन थालेपछि सरकारले बलात्कारीलाई मृत्युदण्ड दिने कानुनलाई अनुमोदन गरेको हो । 

 


प्रधानमन्त्री नरेन्द्र मोदीले कमनवेल्थ शिखर सम्मेलनबाट फर्केलगत्तै शनिबार उक्त कानुनबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बोलाएका थिए । उक्त बैठकबाट बलात्कारीलाई मृत्युदण्ड दिने कानुन अनुमोदन गरिएको हो । 

 


जम्मुकाश्मिरमा कलिलै उमेरकी बालिकामाथि भएको उक्त घटनाको निन्दा गर्दै देशैभर विरोध प्रदर्शन भएपछि प्रधानमन्त्री मोदीले उक्त कानुनी प्रावधान अघि सारेका थिए।

 

मन्त्रिपरिषद्को उक्त निर्णयलाई सरकारले विचार विमर्शका लागि राष्ट्रपतिसमक्ष पेश गर्ने बताइएको छ । पछिल्लो निर्णयले किशोरीमाथि हुने बलात्कारको सजायलाई पनि थप कडा पारेको बताइएको छ ।

भारत सरकार बालिका बलात्कार

विशेष