News समाज प्रदेश ३

देशमा राष्ट्रिय गाैरवका अायाेजनाकाे कमी : खानेपानीमन्त्री बिना मगर

केन्द्र र प्रदेश सरकारबीच तालमेल हुन सकेन

देशमा राष्ट्रिय गाैरवका अायाेजनाकाे कमी : खानेपानीमन्त्री बिना मगर

चितवन । खानेपानीमन्त्री बिना मगरले स्वच्छ खानेपानीको पहुँचका लागि दीर्घकालीन र अल्पकालीन दुवै योजना बनाएर काम अघि बढाइने बताएकी छन् ।  

 

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको अनुगमनपछि उनले अहिलेसम्म राष्ट्रिय गौरवका योजना अपुग हुँदा समस्या आएको बताइन्  । 

 

तराईका २२ जिल्लामा पानीको समस्या समाधानका लागि दीर्घकालीन योजना बनाउन आवश्यक भएको बताउँदै मन्त्री मगरले अहिले केन्द्रीय सरकार र प्रदेश सरकारबीच जिम्मेवारी बाँडफाँट नहुँदा काममा समस्या आउने गरेको उल्लेख गरिन् । 

 

नारायणी नदीको पानीलाई स्वच्छ पिउने पानीको रुपमा व्यवस्थापन गर्ने तयारी भइरहेको भन्दै उनले अहिले हरेक जिल्लामा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको अनुगमन गर्ने क्रममा रहेको र अनुगमनपछि कार्ययोजना बनाएर अघि बढ्ने जानकारी दिइन् । 

 

जिल्लामा पनि केही वर्षपछि पानीको समस्या हुने भएकाले यसका लागि कर्मचारीहरुलाई दीर्घकालीन योजना बनाउन र फोहर प्रशोधन गर्दै समाजलाई सफा राख्न पहल गर्न उनले कर्मचारीलाई निर्देशन दिइन् ।

 

मन्त्री मगरले आजै बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कञ्चनपुर जिल्लाबाट उपचार गराउन आएका १४ बिरामीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी थिइन् । 

बिना मगर

विशेष