देश होस् त फिनल्याण्ड जस्तो, कारण यस्ताे छ
युरोपको सम्पन्न स्थानहरुको नाम लिइदाँ लण्डन, बर्लिन, पेरिस र म्याड्रिडहरुको चर्चा गर्ने गरिन्छ । तर, यहाँको समस्या के हुन्छ भने सम्पन्नताको बावजुद धेरै मानिस घर बिहिन पनि रहेका छन् ।
लोक कल्याणकारी प्रणाली लागू भएर पनि यी स्थानमा कयैन मानिसहरु सडकमा सुतिरहेका भेटिन्छन् । हालसम्म यी शहरहरुमा घरबार विहीनहरुको समस्या अन्त्य भएको छैन ।
यूरोपेली संघका कयैन देशका नागरिकहरु घर अभावको समस्या जुधिरहेका छन् । घर नहुनु यहाँका गरिबहरुको ठूलो समस्या रहेको छ ।
यसमा यूरोपेली संघमा आबद्ध फिनल्याण्ड मात्र त्यस्तो देश हो जहाँ बेघरहरुको समस्या अन्त्य कम छ ।
उत्तरी युरोपमा रहेको यो देशले बेघरहरुको सहयोगमा निक्कै उदारता देखाएको छ । अन्य देशहरुमा बेघरहरुलाई अस्थायी र सशर्त मद्दत गर्ने गरिन्छ तर फिनल्याण्डले भने बेघरहरुको लागि स्थायी खालको अपार्टमेन्टको व्यवस्था गरेको छ ।
यसको साथसाथै सामाजिक कार्यकार्ताहरुलाई तिनको जीवनस्तर सुधार्न खटाइएको छ । तथ्यांक अनुसार हालपनि र फिनल्याण्डमा सात हजार मानिसहरु आज पनि बेघर छन् ।