News राजनीति

एमाले-माओवादी संयुक्त कार्यक्रम दुईवटा ब्यानर राखेर पुनः सञ्चालन हुने

एमाले-माओवादी संयुक्त कार्यक्रम दुईवटा ब्यानर राखेर पुनः सञ्चालन हुने

काठमाडौं । ब्यानर विवादका कारण शुरु हुन नसकेको एमाले-माओवादी संयुक्त कार्यक्रम दुईवटा ब्यानर राखेर पुनः सञ्चालन हुने भएको छ ।

 

लेनिन जयन्ती तथा नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसका अवसरमा ओली र प्रचण्डले सम्बोधन गर्ने गरी राष्ट्रिय सभागृहमा आयोजित संयुक्त कार्यक्रममा राखिएको ब्यानरमा मार्क्स र लेनिनको फोटो नराखेको भन्दै माओवादी कार्यकर्ताले नाराबाजी गरेका थिए ।

 

'नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवस' लेखिएको ब्यानरमा प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका अलावा नेकपाका संस्थापक नेताहरू पुष्पलाल श्रेष्ठ, मदन भण्डारी र मनमोहन अधिकारीको फोटो छ ।

 

कार्यक्रताको विरोधपछि ब्यानर हटाइएको थियो । त्यसलगत्तै अखिल कार्यकर्ताले ब्यानर नराखी कार्यक्रम गर्न नदिने भन्दै विरोध जनाए ।

 

त्यसपछि यसविषयमा ओली र प्रचण्डबीच कुराकानी भएको स्रोतले जनाकारी दियो । प्रचण्ड र ओली दुवैले ब्यानर बनाउन दिँदा कस्तो बनाउने भनेर नभन्नु आफूहरूको गल्ती भएको स्वीकारेको स्रोतको दाबी छ ।

 

अब २ वटा ब्यानर राखेर कार्यक्रम हुने तय भएको माओवादी केन्द्र निकट योङ कम्युनिष्ट लिग (वाईसीएल)का अध्यक्ष रामप्रसाद सापकोटा दीपशिखाले जानकारी दिए ।

 

माओवादी पक्षको ब्यानर तयार भइसकेपछि कार्यक्रम शुरु हुने बताइएको छ ।

कार्यक्रम मध्याह्न १२ बजे शुरु हुने भनिएको थियो ।

एमाले पार्टी एकता माअाेवादी केन्द्र संयुक्त कार्यक्रम

विशेष