News विदेश

अफगानिस्तानमा बम विस्फाेट ३१ काे मृत्यु

अफगानिस्तानमा बम विस्फाेट ३१ काे मृत्यु

एजेन्सी । अफगानिस्तानको राजधानी काबुलस्थित मतदाता दर्ता केन्द्रमा भएको आत्मघाती विस्फोटमा परेर कम्तीमा ३१ जनाको निधन भएको छ ।

 

काबुल प्रहरीका कार्यकारी प्रमुख मोहमद दाउद अमिमका अनुसार स्थानीय समयअनुसार बिहान १० बजे आक्रमणकारीले मतदाता परिचय पत्र वितरण केन्द्रको ढोकामा बम विस्फोट गराएका थिए ।

 

इस्लामिक स्टेट अफ इराक एण्ड द लेभान्ट (आइएसआइएल) ले घटनाको जिम्मेवारी लिएको छ । स्वास्थ्य मन्त्रालयका अधिकारीका अनुसार घटनास्थलमा दर्जनौँ घाइतेहको उद्दार गरिएको बताउँदै हताहतीको संख्या बढ्न सक्ने बताए ।

 

शिया हजारा अल्पसंख्यक बस्ने दस्त ए बरची क्षेत्रमा बम विस्फोट भएको हो । अफगानीस्तानमा आगामी अक्टोबर २० मा हुने संसदीय निर्वाचनअघि बम विस्फोटका घटनाहरु बढेका छन् ।

अफगानिस्तान बम विस्फाेट ३१ काे मृत्यु

विशेष