News

चीन सरकारले नयाँ विषयमा नेपाली विद्यार्थीलाई छात्रवृत्ति दिँदै

चीन सरकारले नयाँ विषयमा नेपाली विद्यार्थीलाई छात्रवृत्ति दिँदै

काठमाडाैं । चीन र भारत दुवैतिरबाट नेपालमा रेलमार्ग निर्माणको चर्चा चलिरहेका बेला छिमेकी मुलुक चीनले नेपालमा पढाइ नहुने रेल्वे, पुल र सुरुङ इन्जिनियरिङ अध्ययनका लागि २८ नेपाली विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ।

 

शिक्षा मन्त्रालयमार्फत् यसै वर्ष उपलब्ध हुने सो छात्रवृत्तिमा मधेसी, महिला तथा जनजातिलाई एक–एक सिट आरक्षण गरिएकाे छ । चीनले ती विषय अध्ययनका लागि विश्वविद्यालय तहको छात्रवृत्तिमा सहभागी हुन आह्वान गरेको हो। चीनको रेल्वे इन्जिनियरिङ विश्वमै नयाँ मानिन्छ।

 

चीनले उपलब्ध गराउने २८ सिट छात्रवृत्तिमध्ये रेल्वे, ब्रिज एन्ड टनेल, हाइड्रो इन्जिनियरिङका लागि ६–६ कोटा छ । तिमध्ये तीनवटा क्रमशः महिला, मधेसी र जनजातीले पाउनेछन्। बाँकी तीन खुला प्रतिस्पर्धाबाट छनोट हुने शिक्षा मन्त्रालयले जनाएको छ। जियोमेटिक्स ४, माइनिङ ३ र इन्डस्ट्रियल इन्जिनियरिङका लागि ३ कोटा उपलब्ध छन्। 

 

 

चीन नेपाली शिक्षा

विशेष