News विदेश

उत्तर कोरियामा गाडी दुर्घटना हुँदा ३२ चिनियाँ पर्यटकको मृत्यु

उत्तर कोरियामा गाडी दुर्घटना हुँदा ३२ चिनियाँ पर्यटकको मृत्यु

बेइजिङ । चिनियाँ पर्यटक चढेको एउटा गाडी उत्तर कोरियामा दुर्घटना हुँदा ३२ चिनियाँ पर्यटकको मृत्यु भएको छ। चीनको विदेश मन्त्रालयले दिएको जानकारी अनुसार मृत्यु हुनेमा चार जना उत्तर कोरियाका नागरिक रहेका छन्।

 

दुर्घटनामा परी अरु दुई जना चिनियाँ घाइते पनि भएका छन्। उत्तर कोरियाको एउटा पुलबाट पर्यटक बस खसेको थियो।

 

उत्तर कोरियाको राजधानी प्योन्योङदेखि दक्षिणतर्फ पर्ने ठाउँमा दुर्घटना भएको चीनको विदेश मन्त्रालयका प्रवक्ता लु काङले बताए।

 

'हामीले घटनाका बारेमा अनुसन्धान गरिरहेका छौं, पूर्ण विवरण आउन बाँकी नै छ,' उनले भने।

उत्तर कोरिया मृत्यु चिनियाँ पर्यटक

विशेष