पुनर्निर्माणकाे जिम्मा धुर्मुस–सुन्तलीलाई दिने माधव नेपालकाे प्रस्ताव
काठमाडाैं । नेकपा एमाले नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले पुनः निर्माणकाे जिम्मा धुर्मुस–सुन्तलीलाई दिनुपर्ने प्रस्ताव गरेका छन् । साेमबार काठमाडाैंमा अायाेजित एक कार्यक्रममा बाेल्दै यस्ताे प्रस्ताव गरेका हुन् ।
घर निर्माण गर्नु भन्दा धुर्मुससुन्तलीलाई जिम्मा दिनु जायज हुने उनकाे तर्क छ । कलाकार सीताराम कट्टेल र कुञ्जना घिमिरेको धुर्मुस सुन्तली फाउण्डेसनले भूकम्प पीडितका लागि एकीकृत बस्ती निर्माण गर्दैअाएका छन् ।
पूर्वप्रधानमन्त्री नेपालले भने,’राम्रो के हुन्छ भने धुर्मुससुन्तली जस्ता मान्छेहरुलाई जिम्मा दिने, उहाँहरुले धेरै राम्रो काम गर्नुभएको छ ।’ नेता नेपालले जनताले अनुभूति गर्ने गरी पुनर्निर्माण नभएको भन्दै अब राज्यले चासो दिनुपर्ने बताए ।