News रोजगार

कमाउ कार्यालयमा कर्मचारीको मरिहत्ते

कमाउ कार्यालयमा कर्मचारीको मरिहत्ते

 काठमाडाैं । कमाउ कार्यालयका रुपमा चिनिएका सरकारी कार्यालयमा जान अझै पनि कर्मचारीले मरिहत्ते गर्ने गरेका छन् । 

 

संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयका अनुसार मनग्ये अतिरिक्त कमाई हुने र कमिसन पनि रामै्र हात पर्ने भएकाले त्यस्ता कार्यालय जान कर्मचारीको तँच्छाडमछाडमा कमी आएको छैन । 

 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कर्मचारी प्रशासन महाशाखा अनुसार त्यस्ता निकायमा जान र ती निकायमा लामो समय कार्यरत कर्मचारीले अन्यत्र सरुवा रोक्न मन्त्री तथा सचिवमाफृन दबाब दिने गरेका छन् ।, यो खबर आजको अन्नपुर्ण पोस्टमा छ ।

कर्मचारी कमाउ कार्यालय मरिहत्ते

विशेष