News अर्थ

भौतिक सम्पत्ति नै बेच्ने प्रयासमा यातायात समिति !

भौतिक सम्पत्ति नै बेच्ने प्रयासमा यातायात समिति !

काठमाडौं । आन्दोलनको तयारीमा रहेका यातायात व्यवसायीमाथि सरकारले कारवाहीको तयारी गरिरहँदा व्यवसायी भने चल अचल सम्पत्ति नै विक्री गर्ने प्रयासमा देखिएका छन् । 

 

सरकारले यातायात क्षेत्रमा रहेको सिन्डिकेट अन्त्यका लागि व्यवसायीले सहयोग नगरे बैंक खाता रोक्कालागतका कारावही गर्ने चेतावनी देशभरका यातायात समिति नै नवीकरण नगर्ने निर्णय गरिसकेको छ । 

 

सरकारको निर्णयपछि व्यवसायीले बैंक खाताबाट धमाधम रकम निकालेको पाइएको छ भने केही समितिले भौतिक सम्पत्ति नै बेचखिनको प्रयास गरेको पनि खुलेको छ । 

 

आइतबार बुढानिलकण्ठ मिनिवस व्यवस्था समितिका पदाधिकारीहरु आफ्नो नाममा रहेको जग्गा विक्री गर्न चाबहिलस्थित मालपोत कार्यालय पुगेका थिए ।,यो खबर आजको कारोवारमा छ ।

यातायात व्यवसायी

विशेष