News रोजगार

खाद्यका २ सय ३३ कर्मचारी हटाइयाे

खाद्यका २ सय ३३ कर्मचारी हटाइयाे

काठमाडाैं ।  खाद्य संस्थानमा जथाभावी भर्ना गरिएका २ सय ३३ जना कर्मचारी हटाइएको छ ।  

 

घाटामा गएको संस्थानमा मन्त्रीकै दबाबमा धमाधम कर्मचारी भर्ती गरिएको खुलासा भएपछि संस्थान व्यवस्थापनले कर्मचारी हटाएको हो । 

 

कर्मचारी भर्नाका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि छानबिन गरेपछि कर्मचारीहरूलाई हटाइएको हो । 

 

‘व्यवस्थापनको मिति २०७४-१२-१५ को निर्णय अनुसार प्रधान कार्यालयमा कार्यरत सम्पूर्ण ज्यालादारी कर्मचारीहरूलाई हटाइएको व्यहोरा जानकारी गराइन्छ ’ संस्थानमा टाँसिएको सूचनामा उल्लेख छ ।

विशेष