News राजनीति

कांग्रेस बैठक फेरि पनि आरोप प्रत्यारोपमै केन्द्रित

कांग्रेस बैठक फेरि पनि आरोप प्रत्यारोपमै केन्द्रित

काठमाडौं । नेपाली कांग्रेस बैठकमा निर्वाचनमा पराजयको दोष एक–अर्कालाई थोपर्ने गरी बहस जारी छ। लामो समय स्थगित भएर आइतबार बसेको केन्द्रीय कार्यसमितिको बैठक पनि आरोप–प्रत्यारोपमै सीमित भयो। 

 

चैत ९ बाट सुरु भएको समीक्षा बैठक केन्द्रीय सदस्य खुमबहादुर खड्काको निधनपछि १६ चैतमा स्थगित भएको थियो। आइतबार धारणा राख्ने ६ केन्द्रीय सदस्यमध्ये कुलबहादुर गुरुङ र प्रदीप पौडेलले सभापतिदेखि पार्टीको समग्र कार्यशैली प्रभावकारी नहुँदा निर्वाचनमा पराजित हुनु परेको तर्क गरे। 

 

देवेन्द्रराज कँडेल, मीन विश्वकर्मा, ईश्वरी न्यौपाने र बहादुरसिंह लामाले पार्टी पराजित हुनुमा टिकट बाँड्ने संसदीय समितिमा बस्ने सबै दोषी रहेको भन्दै सभापति शेरबहादुर देउवाको बचाउ गरे। 

 

विश्वकर्माले टिकट लाँदा अंशबन्डा जसरी लगेकाले अहिले विरोध गर्न नसुहाउने बताए। ‘निर्वाचनमा पराजित भएपछि सभापतिलाई मात्र दोष थोपर्न खोजिएको छ,’ उनले भने, ‘टिकट बाँड्ने बेला अंशबन्डा गरे जसरी गर्ने अनि अहिले दोष सभापतिलाई मात्र दिन मिल्दैन।’

 

केन्द्रीय सदस्य कुलबहादुर गुरुङले सभापति शेरबहादुर देउवालाई दिँदै आएको समर्थन फिर्ता लिएको बताएका छन्। १३औँ महाधिवेशनमा शेरबहादुर देउवालाई सभापति बनाउन प्रस्ताव गरेर जिताउन भूमिका खेलेका उनले दुई वर्षमा देउवाले विश्वासघात गरेको भन्दै समर्थन फिर्ता लिएको घोषणा गरेका हुन्।, याे खबर अाजकाे नयाँ पत्रिकामा छ ।
 

कांग्रेस बैठक आरोप प्रत्यारोप

विशेष