News पर्यटन प्रदेश १

नेपालको भूमिमा भारतको आम्दानी

नेपालको भूमिमा भारतको आम्दानी

इलाम । सूर्योदयको दृश्य देखिने ठाउँ सीमित छन्। केही त्यस्ता ठाउँ छन्, जहाँबाछ सूर्य आकाशबाट होइन, आँखाअगाडिबाटै उदाएजस्तो देखिन्छ। पाँचथर, इलाम र भारतको पश्चिम बंगाल राज्यको सीमावर्ती क्षेत्र सन्दकपुर सूर्योदय हेर्नका लागि यस्तै ठाउँ हो। 

 

यहाँबाट धपधप बलेको सूर्य आकाशबाट होइन, हेर्नेको आँखाअगाडिबाटै उदाएजस्तो भान हुन्छ। कात्तिकदेखि बैशाख महिनासम्म सन्दकपुरमा सूर्योदयको दृश्य हेर्न पर्यटकको घुइँचो लाग्छ। 

 

सूर्योदयको दृश्यावलोकनका लागि नेपाली भूमि प्रयोग गर्नुपर्छ तर पर्यटकका लागि पर्याप्त होटल र पूर्वाधारको विकास छैन। यही कारण पर्यटकबाट हुने आम्दानी जति भारतले लिने गरेको छ। नेपालतर्फ दुईवटा मात्र होटल छन्। 

 

भारततर्फ सन्दकपुर बजार छ। पर्यटकहरु नेपालको भमिबाट सूर्योदयको दृश्यावलोकन गर्छन् र भारततर्फका होटलमा गएर खाने, बस्ने गर्छन्। भारततर्फ १४ वटा होटल छन्। याे खबर अाजकाे अन्नपूर्ण पोस्टमा छ ।
 

इलाम भारतको आम्दानी

विशेष