विदेश

फेसबुक ‘लाइभ’ गरिरहेका पत्रकारको गोली लागेर मृत्यु

फेसबुक ‘लाइभ’ गरिरहेका पत्रकारको गोली लागेर मृत्यु

काठमाडौं । निकारागुवामा एक पत्रकारको गोली लागेर मृत्यु भएको छ । सरकारविरुद्ध हुँदै आएको प्रदर्शनका क्रममा फेसबुकबाट 'लाइभ' प्रसारण गर्दागर्दै गोली लागेर एन्जेल गहोनाको घटनास्थलमै मृत्यु भएको हो ।

 

दक्षिणी क्यारेबियाली तटमा रहेको ब्लुफिल्ड्स शहरमा उनी फेसबुकमा प्रत्यक्ष (लाइभ) रिपोर्टिङ गरिरहेका थिए । सामाजिक संजालमा उनलाई गोलि लाग्नुअघि तयार पारेको भिडियो भाइरल भएको छ । 

 

भिडियोमा उनी सरकारविरोधी प्रदर्शनमा उत्रिएका आन्दोलनकारीले मेयर कार्यालयमा पुर्याएका क्षतिबारे बताइरहेका देखिन्छन् । अचानक गोली लागेर उनी ढल्छन् । गोली कसले चलाएको हो भन्ने प्रष्ट हुन सकेको छैन ।

 

यो गत शनिबार दिउँसोको घटना हो । सरकारविरुद्ध निकारागुवामा भएको यस प्रदर्शनमा १० जनाको मृत्यु भएको बताइएको छ । तर मानवअधिकारसँग सम्बन्धित संगठनहरुका अनुसार मृतकको संख्या २५ भन्दा बढी छ ।

पत्रकार मृत्यु गोली लाइभ

विशेष