News देश

ढाकाबाट काठमाडौंका लागि दुइटा बस छुटे

ढाकाबाट काठमाडौंका लागि दुइटा बस छुटे

बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई बस छुटेका छन् । परीक्षणस्वरुप दुई बस काठमाडौंका लागि छुटेको हो । जुन १५, २०१५ मा बंगलादेश–भुटान–भारत–नेपालबीच यातायात सञ्चालन गर्ने (बिबिआईएन) सम्झौता भएको थियाे ।

 

बंगलादेश रोड ट्रान्सपोर्ट कोर्पोरेसनका अध्यक्ष फरिदउद्धिनको नेतृत्वमा  तीन देशका ८० जना डेलिगेटहरु दुई वटा बसमा काठमाडौंका लासग हिँडेका छन् ।

 

सोमबार बिहान ढाकाबाट हिँडेका ती बस बिहीबार काठमाडौं आइपुग्नेछन् । अहिले परीक्षणका रुपमा बस चलाइए पनि छिट्टै नै एउटा सम्झौता गरेर व्यापारिक प्रयोजनका हिसाबले बस सञ्चालन गरिने बंगलादेशका सडक विभागका सचिव नजरुल इस्लामले बताएका छन् । 

 

ढाकाबाट ढाकामा रहेको भारतीय उच्च आयोगका प्रथम सचिव गौरव गांगुली, त्यस्तै ढाकामा रहेको नेपाली राजदूतावासका उपप्रमुख धनबहादुर ओलीले झण्डा हल्लाएर बसलाई बिदाई गरेका थिए । 


बंगलादेशको राजधानी ढाकाबाट छुटेका ती बस बंगलादेशको बंगबन्धु हुँदै भारत–बंगलादेश सीमा फूलबारी भएर सिलिगुडी हुँदै काँकडभिट्टाबाट नेपाल प्रवेश गर्नेछ । श्यामोली परिवहनका दुई बस काठमाडौंका लागि छुटेका हुन् । ढाका–काठमाडौं सडक दूरी झण्डै एक हजार एक सय किलोमिटर रहेको छ ।

अहिले लालमोनिरत–बुरीमारी–चंग्रबन्ध–सिलिगुडीको रुट प्रयोग गरिए पनि पछि नयाँ रुट प्रयोग गरिने बताइएको छ ।

फाेटाे -द डेली स्टारबाट 

काठमाडौं ढाका

विशेष